Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

बौद्धमा तेमाल जात्रा (तस्वीरहरू)

बौद्धमा तेमाल जात्रा (तस्वीरहरू)


  • 610
    Shares

    • images
    बौद्धमा तेमाल जात्रा (तस्वीरहरू)

    काठमाडौं । चैत्र पूर्णिमाको अवसरमा काठमाडौंको बौद्ध क्षेत्रमा तामाङ समुदायले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेमाल जात्रा श्रद्धापूर्वक मनाएका छन्। प्रत्येक वर्ष चैत्र पूर्णिमाका दिन बौद्ध, स्वयम्भू र नमोबुद्ध क्षेत्रमा मनाइने यो जात्रा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो ।

    परम्पराअनुसार काभ्रेको तेमाल क्षेत्रबाट सुरु भएको मानिने यो जात्रामा दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै बत्ती बाल्ने, पूजापाठ गर्ने प्रचलन रहिआएको छ । जात्राका अवसरमा श्रद्धालुहरूले बौद्ध स्तूप परिसरमा छ्योमि (बत्ती) बाल्नुका साथै मृतकको नाममा ‘ङो’ पूजा गरेका छन्। लामा गुरुहरूको नेतृत्वमा विशेष ‘ङोवा मोन्लम’ पूजापाठ समेत सम्पन्न गरिएको थियो।

    तामाङ संस्कारअनुसार परिवारमा मृत्यु भएका व्यक्तिको अस्तु घरमा सुरक्षित राखी बत्ती बालेर पूजा गर्ने चलन छ । सोही परम्पराअनुसार चैत्र पूर्णिमाको दिन बौद्धमा पूजापाठ गरी श्रद्धालुहरू बालाजु बाइसधारामा स्नान गर्न जाने र त्यसपछि स्वयम्भू पुगेर बत्ती बालेर अस्तु सेलाउने प्रचलन रहेको छ । 

    यसरी पूजा गरेमा मृतकको आत्माले शान्ति पाउने र स्वर्ग जाने विश्वास गरिन्छ। चैत्र शुक्ल चतुर्दशीको बेलुकीदेखि सुरु हुने यो जात्रामा देशका विभिन्न जिल्लाहरू मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक लगायतबाट आएका तामाङ समुदायका मानिसहरूको उल्लेख्य उपस्थिति रहने गर्छ। पूर्णिमाको बिहान बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा पूजाअर्चना गरेपछि जात्रा समापन हुने परम्परा छ।  

    temal-jatra_nepal-photo-library_boudha_1_XDE9RxfF21.jpg

    temal-jatra_nepal-photo-library_boudha_4_IL9bHYE97n.jpg

    budhha.JPG

    temal-jatra_nepal-photo-library_boudha_2_na8iJmROgl.jpg

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १२:५५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij