Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

दीपक खड्का र रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पौडेलको इजलासमा

दीपक खड्का र रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पौडेलको इजलासमा


  • 596
    Shares

    • images
    दीपक खड्का र रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पौडेलको इजलासमा

    काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।

    पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए । पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि आइतबार पक्राउ परेका थिए । 

    एमालेको लुम्बिनी प्रदेश सांसद शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिका विरूद्धको कसुर गरेको आरोप छ । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो ।   

     

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - ११:५१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij