Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

कम्बोडिबाट ८ नेपालीको उद्धार, भिजिट भिसामा नजान दूतावासको आग्रह

कम्बोडिबाट ८ नेपालीको उद्धार, भिजिट भिसामा नजान दूतावासको आग्रह


  • 659
    Shares

    • images
    कम्बोडिबाट ८ नेपालीको उद्धार, भिजिट भिसामा नजान दूतावासको आग्रह

    काठमाडौं । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अवैध अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा फसेका थप ८ जना नेपालीको उद्धार गरिएको छ। 

    बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघको समन्वयमा उद्धार गरिएका उनीहरू आज स्वदेश फर्किएका हुन्।

    दूतावासका अनुसार आकर्षक तलबको लोभमा भिजिट भिसामा कम्बोडिया पुगेर बन्धक बन्ने र अनलाइन ठगीमा लाग्न बाध्य हुने नेपालीहरूको संख्या बढ्दो छ।

    सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२५ मा यो संख्या बढेर ९,६७६ पुगेको डरलाग्दो तथ्यांक दूतावासले सार्वजनिक गरेको छ।

    स्क्यामिङ केन्द्रहरूले कामदारको राहदानी जफत गरिदिने गरेको गुनासो बढेपछि दूतावासले अलपत्र नेपालीलाई स्वदेश फर्काउन निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गर्ने व्यवस्था मिलाएको छ। 

    दूतावासले कम्बोडियामा अलपत्र वा भिसा अवधि सकिएर बसेका नेपालीहरूलाई तत्काल राजदूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।

     

     

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १०:५८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij