२०८२ चैत्र १८ गते बुधवार
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका वृद्धसँग भेट गरेका छन् ।
केही दिन अगाडि एमालेका कार्यकर्ताले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नारा लगाउँदै हिँड्दै गर्दा एक ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई मंगलबार साँझ गृहमन्त्री गुरुङले उनकै निवासमा गएर भेट गरेका हुन् ।
गृहमन्त्री गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति रामशरण शर्मा बजगाईँलाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ परेका शर्मालाई जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
गृहमन्त्री गुरुङलाई आफू पीडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ दिएको भन्दै ज्येष्ठ नागरिकले धन्यवाद दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij