Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, यी स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, यी स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना


  • 127
    Shares

    • images
    पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, यी स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना

    काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल लागेको छ ।

    आज दिउसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - ०६:२९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij