Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ


  • 729
    Shares

    • images
    कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

    काठमाडौं । नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र हत्या गरेको आरोपमा अर्की महिलालाई पक्राउ गरेको छ ।

    ब्यूरोका अनुसार पीडित महिलाले आफ्नो फोटोमा अश्लील टिप्पणी गर्दै सार्वजनिक रूपमा बेइज्जती गरेको, घृणा र द्वेष फैलाएको भन्दै उजुरी दिएकी थिइन्।

    उक्त उजुरीका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट रामेछापको मन्थली नगरपालिका–१२ स्थायी घर भई काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ३५ वर्षीया भगवती खड्काको संलग्नता खुलेको हो।

    भगवती रेस्लिङ खेलाडी हुन् । युनिका उपनामले चिनिने रेस्लर खड्काको नाम वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनमा पनि समावेश गरिएको छ ।

    भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो ।

    २०८१ जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा भएको उक्त रेस्लिङ प्रतियोगिता भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच भिडन्त भएको थियो । उक्त खेलमा भगवती विजयी भएकी थिइन् । त्यसै कारण भगवतीको नाम वर्ल्ड बुक अफ रेकर्डसमा समावेश गरिएको थियो ।

    तर उनै विश्वकीर्तिमानधारी भगवती अर्की महिलाको चरित्र हत्या अभियोगमा समातिएकी हुन्।

    उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    जिल्ला अदालत काठमाडौंको आदेशमा उनीमाथि चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिलीप कुमार गिरी जानकारी दिएका छन् ।

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - ०५:३०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij