Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

एमालेले ओली पक्राउको विषय संसदमा उठाउने

एमालेले ओली पक्राउको विषय संसदमा उठाउने


  • 673
    Shares

    • images
    एमालेले ओली पक्राउको विषय संसदमा उठाउने

    काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय प्रतिनिधि सभा बैठकमा राख्ने भएको छ । 

    एमालेको मंगलबार बसेको सचिवालय बैठकले संसदमा ओली पक्राउको विरोध गर्दै विषय उठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । 

    एमालेले पक्राउको विषयमा सडकबाट पनि विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । संघीय संसदको बैठक चैत १९ गतेका लागि बोलाइएको छ । 

    एमालेले अध्यक्ष ओलीलाई प्रतिशोध र पूर्वाग्रही ढंगले पक्राउ गर्ने काम भएको भन्दै राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय समेत गरेको पोखरेलले बताएका छन् । 

     

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १५:४८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij