२०८२ चैत्र १७ गते मंगलवार
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली-काठमाडौं हवाई उडान सेवामा विस्तार गरेको छ। यो रुटमा यात्रुको चाप र माग बढ्दै गएपछि निगमले चैत १७ गतेदेखि लागू हुने गरी थप तीनवटा उडान सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।
हाल आरए २१७\२१८ उडान नम्बरबाट दैनिक एउटा उडान भइरहेकोमा अब आरए २०५\२०६ बाट हप्ताको थप तीन दिन उडान हुने भएको छ।
उडान संख्या थपिएसँगै अब काठमाडौं र दिल्लीबीच नेपाल वायुसेवा निगमका हप्ताको १० वटा उडान हुने भएका छन्। निगमले प्रेस नोट जारी गर्दै नयाँ तालिका अनुसार उडान सुरु भइसकेको जानकारी दिएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij