Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

महिलासहित दुई छोराछोरीको शव झुन्डिएको अवस्थामा भेटियो

महिलासहित दुई छोराछोरीको शव झुन्डिएको अवस्थामा भेटियो


  • 9.1K
    Shares

    • images
    महिलासहित दुई छोराछोरीको शव झुन्डिएको अवस्थामा भेटियो
    images

    प्यूठान । प्यूठान नगरपालिका–१ चेरनेटा जंगलमा झुन्डिएको अवस्थामा तीन वटा शव भेटिएको छ ।

    सोमबार दिउँसो ‘माइत जान्छु’ भनेर हिँडेकी स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीय गायत्री सुनार, ७ वर्षीया छोरी र ३ वर्षीय छोराको शव सालको रुखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।

    माइतमा बिरामी आमा भेट्न भनेर हिँडेकी महिला र छोराछोरीको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सुनिल मल्लले बताए । मल्लका अनुसार एउटै रुखमा तीनै जना अलग/अलग डोरीमा झुन्डिएका छन् ।

    गायत्रीका श्रीमान रोजगारीको सिलिलामा भारतमा रहेकाले उनी छोराछोरीसहित घरमा बस्दै आएकी थिइन् । घटनाको अनुसन्धान गरिरहेको डीएसपी मल्लले बताए । पोस्टमार्टमका लागि शवहरू जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - ११:१२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij