Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता


  • 827
    Shares

    • images
    प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

    काठमाडौं । बागलुङ र पर्वतको सिमाना मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेका एक युवक कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

    बागलुङ र पर्वतको सिमानामा पर्ने  पर्वत अस्थायी प्रहरी पोष्टको नियमित जाँचको क्रममा बिकले भागेर कालीगण्डकीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पट्टेलले बताए ।

    बागलुङबाट बालुवा बोकेर पर्वततर्फ जाँदै गरेको ग१क ५२४४ नम्बरको टिपरमा  थिए । ट्रकका चालक पनि फरार रहेको प्रहरी निरीक्षक पट्टेलले जानकारी दिए ।

    बिकका परिवारले भने प्रहरीले लखेटेर कालीगण्डकीमा हाम फाल्न बाध्य बनाएको आरोप लगाएका छन् । उनीहरुले बिहान सडकसमेत अवरुद्ध गरेका छन् ।

    आज बिहानदेखि जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी टोलीसँगै सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले कालीगण्डकीमा बिकको खोजी गरिरहेको छ ।

     

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १३:२३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij