Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कोरोना सङ्क्रमणबाट विदेशमा रहेका थप ४१ नेपालीको मृत्यु

कोरोना सङ्क्रमणबाट विदेशमा रहेका थप ४१ नेपालीको मृत्यु


  • 4.6K
    Shares

    • images
    कोरोना सङ्क्रमणबाट विदेशमा रहेका थप ४१ नेपालीको मृत्यु
    images

    काठमाडौँ । गएको दुई हप्तामा विदेशमा रहेका थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

    गैरआवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिका अनुसार भारतमा २९ जना, कतारमा ८ जना, फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र प्रोचुगलमा १ जना गरी थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको हो । 

    सङ्घको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार भारतसहित विभिन्न २८ देशमा रहेका ४ सय २३ जना नेपालीको अहिलेसम्म कोरोनाको कारण ज्यान गएको छ ।

    अहिलेसम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् ।

    समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना सङ्क्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् ।

    गैरआवासीय नेपाली सङ्घले कोरोना महामारी सुरु भएदेखि नै विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - १०:३९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij