Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

३१ वर्ष कैद तोकिएका फरार व्यक्ति लागु औषधसहित पक्राउ

३१ वर्ष कैद तोकिएका फरार व्यक्ति लागु औषधसहित पक्राउ


  • 659
    Shares

    • images
    ३१ वर्ष कैद तोकिएका फरार व्यक्ति लागु औषधसहित पक्राउ

    काठमाडौं । ३१ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका-१ का  २८ वर्षीय अन्जान राई रहेका छन् । उनी ३०५.७५० ग्राम लागु औषध खैरो हेराइनसहित पक्राउ परेका हुन् ।

    ३१ वर्ष कैद र ४ लाख ५० हजार जरिवाना तोकिएका उनी जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए । उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । उनी यसअघि चार वटा लागु औषधको मुद्दामा दोषि ठहर भएका व्यक्ति रहेको ब्यूरोका एसएसपी कृष्ण कोइरालाले बताए । 

    यो घटनाको अनुसन्धानको क्रममा ब्यूरोले १४ चैतमा अन्जान राई संलग्न गिरोहका ३२ वर्षीय सुवास भनिने दोर्जे तामाङ र २४ वर्षीय राहुल डंगोललाई ५२ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।  

     

     

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १७:४७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij