Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप्ने तयारी

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप्ने तयारी


  • 4.9K
    Shares

    • images
    उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप्ने तयारी

    काठमाडौं । उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको छ। कोरोना संक्रमण रोकथामका लागि उपत्याकामा  गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ।

    यसअघि थपिएको  निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदै छ। संक्रमण जोखिम उच्च रहेकाले थप एक साता निषेधाज्ञा लगाउने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले बताए। मंगलबार दिउँसो बस्ने उपत्यकाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने उनले बताए।  

     ‘संक्रमणको जनेखिम कायमै रहेकाले निषेधाज्ञा एकसाता थप्ने तयारी गरेका छौं,’ सीडीओ पराजुलीले भने, ‘थप निर्णय आजको संयुक्त बैठकले गर्नेछ।’ 

    कोरोना संक्रमण अझै नियन्त्रणमा नआएकाले अझै केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको पराजुलीको भनाइ छ। संयुक्त बैठकले हालका प्रावधान तथा निषेधाज्ञाका समयमा गर्न पाउने तथा नपाउने नियममा समेत केही परिवर्तन गर्न सक्ने सीडीओ पराजुलीले बताए।

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - ०९:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij