Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

शिक्षा मन्त्रालयले किन हटायो ब्रिज कोर्स बन्द गर्ने सूचना ? मन्त्रीको फेसबुकमा बाँकी

शिक्षा मन्त्रालयले किन हटायो ब्रिज कोर्स बन्द गर्ने सूचना ? मन्त्रीको फेसबुकमा बाँकी


  • 239
    Shares

    • images
    शिक्षा मन्त्रालयले किन हटायो ब्रिज कोर्स बन्द गर्ने सूचना ? मन्त्रीको फेसबुकमा बाँकी

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स र ब्रिज कोर्सका कक्षा बन्द गर्ने भनी गरेको मन्त्रिस्तरीय निर्णयसम्बन्धी सूचना वेबसाइटबाटै हटाइएको छ ।

    मन्त्रालयले सूचना सार्वजनिक गरेसँगै त्यसको आलोचना र समर्थनमा बहस भइरहेको थियो । सामाजिक सञ्जालमा भइरहेको उक्त बहसपछि मन्त्रालयले सूचना जारी गरेको २४ घण्टा नबित्दै उक्त सूचना आफ्नो वेबसाइटबाट हटाएको हो । तर शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सामाजिक सञ्जालमा राखेको सूचना भने हटाएका छैनन् । यद्यपि मन्त्रालयको वेबसाइट र मन्त्रीले सामाजिक सञ्जालमा राखेको सूचनाको बेहोरा केही फरक थियो ।

    मन्त्रालयले आइतबार जारी गरेको सूचनामा "विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्न लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू आगामी २०८३ वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न निर्देशन" दिएको भनिएको थियो ।

    तर मन्त्री पोखरेलले आफ्नो सामाजिक सञ्जालमा भने कक्षा नै तोकिएको थियो । "कक्षा १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन हुने सबै प्रकारका इन्ट्रान्स प्रिपरेसन र ब्रिज कोर्स कक्षाहरू आगामी २०८३ वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ," मन्त्री पोखरेलले राखेको सूचनामा भनिएको छ ।

    आगामी १ वैशाखबाट लागू हुनेगरी बन्द गर्ने निर्णय गरेको थियो । तर सोमबार उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । मन्त्रालयका अनुसार थप प्रष्टता पार्नको लागि हटाइएको हो । ब्रिज कोर्स हटाउने निर्णयबाट मन्त्रालय ब्याक भएको भने होइन ।

    ‘केही विषयमा प्रष्ट पार्नु पर्ने भएकाले हो । भाषा मिलाएर फेरि अपलोड हुन्छ,’ मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १६:५६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij