Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी


  • 2.1K
    Shares

    रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
    images

    काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ । 

    सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको छ । 

    गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएकी हुन् ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरू विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । 

    जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले  तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १७:११:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij