२०८२ चैत्र २ गते सोमवार
सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को पुनर्गठन गरेको छ।
सोमबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले सीसीएमसी पुनर्गठन गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको निर्देशक समितिअन्तर्गत रहने गरी सीसीएमसी पुनर्गठन गरिएको हो। जसको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पूर्वरथी बालानन्द शर्मा नियुक्ति गरिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।
कोरोना नियन्त्रणमा ठोस काम होस् भन्ने हेतुले यस्तो व्यवस्था गरिएको भट्टराईले बताए।
शर्माले नेपाली सेना र माओवादी लडाकु समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए। उनी संयुक्त राष्ट्र संघका पूर्वफोर्स कमान्डर पनि हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij