२०८२ चैत्र १६ गते सोमवार
काठमाडौं । कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि जारी सुनुवाइ सोमबार सकिएको छ ।
सो निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएकी हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरू विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।
जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij