Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश मेघराज र कुमारको इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश मेघराज र कुमारको इजलासमा


  • 743
    Shares

    • images
    ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश मेघराज र कुमारको इजलासमा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ ।

    कांग्रेस नेता रमेश लेखकको निवेदनको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । यी दुवै पेसी इजलासको पहिलो क्रममै रहेका छन् ।

    गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइका लागि पेसी तोकिएको हो ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले निवेदन दर्ता गराएकी हुन् ।

    जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र  तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १०:५१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij