Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल पत्रकार महासंघलाई राजनीतिक दलको शाखा नबनाउन पूर्वसभापति नेपालको आग्रह

नेपाल पत्रकार महासंघलाई राजनीतिक दलको शाखा नबनाउन पूर्वसभापति नेपालको आग्रह


  • 932
    Shares

    नेपाल पत्रकार महासंघलाई राजनीतिक दलको शाखा नबनाउन पूर्वसभापति नेपालको आग्रह
    images

    काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले महासंघलाई कुनैपनि राजनीतिक दलको शाखा वा प्रचार विभागको रूपमा प्रयोग नगर्न आग्रह गरेका छन् । 

    महासंघको स्थापना र विकासमा महत्वपूर्ण भुमिका खेलेका नेपालले पछिल्लो समय पत्रकारितामा बढ्दो राजनीतिकरण र घट्दो गुणस्तरप्रति चिन्ता व्यक्त गरेका हुन् । पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बोल्दै उनले महासंघभित्र वैचारिक विविधता हुनु स्वभाविक भएपनि पछिल्लो समय यो संस्था विभिन्न राजनीतिक दल र गुटहरूको अङ्ग जस्तो बन्नु दुःखद् रहेको बताएका छन्। 

    पूर्वसभापति नेपालले राजनीतिले पत्रकारितालाई कहिल्यै पनि डोमिनेट गर्न नहुने बरु पत्रकारिताले राजनीतिलाई मार्गनिर्देशन गर्नुपर्नेमा जोड दिएका छन् । 

    अहिलेको सामाजिक सञ्जालको युगमा पत्रकारिताको शैलीलाई ‘रिभ्यू’ र ‘रिभिजन’ गर्ने बेला आएको भन्दै उनले पत्रकारहरूको वृत्ति विकास, छात्रवृत्ति र क्षमता अभिवृद्धिमा महासंघले ध्यान दिनुपर्ने सुझाव दिएका छन्।   

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - ११:४६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij