Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

इरानलाई ट्रम्पको अन्तिम चेतावनी : परमाणु हतियार नत्यागे देशै नरहने

इरानलाई ट्रम्पको अन्तिम चेतावनी : परमाणु हतियार नत्यागे देशै नरहने


  • 526
    Shares

    • images
    इरानलाई ट्रम्पको अन्तिम चेतावनी : परमाणु हतियार नत्यागे देशै नरहने

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना परमाणु हतियार नत्यागे उसले आफ्नो देश नै गुमाउनुपर्ने चेतावनी दिएका छन्। 

    एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले पूर्ण रूपमा ध्वस्त भएको र उसले आफ्नो आणविक महत्त्वाकांक्षा त्याग्नुको विकल्प नरहेको बताएका हुन्। 

    उनले इरानी नेताहरूले परमाणु हतियार त्याग्ने र अमेरिकाले चाहे अनुसारका सबै सर्तहरू मान्ने विश्वास व्यक्त गरेका छन्। यदि त्यसो नगरे इरान एउटा देशको रूपमा अस्तित्वमा नरहने र उसको नक्सा नै मेटिन सक्ने ट्रम्पको भनाइ थियो। उनले इरानले परमाणु धुलो अमेरिकालाई बुझाउनुपर्ने र त्यसपछि मात्र इरान फेरि एउटा राम्रो देश बन्न सक्ने बाटो खुल्ने उल्लेख गरेका छन्।

    इरानसँगको सम्झौताका बारेमा बोल्दै ट्रम्पले निकै छिटो सकारात्मक नतिजा आउन सक्ने संकेत गरेका छन्। उनले इरानमा सत्ता परिवर्तन भइसकेको दाबी गर्दै अमेरिकाले अहिले पुरानो नभई पूर्ण रूपमा नयाँ समूहसँग वार्ता गरिरहेको बताएका छन्। 

    ट्रम्पका अनुसार इरानको पुरानो शासन संयन्त्रका मानिसहरू मारिइसकेका वा समाप्त भइसकेका छन् र अहिलेका नयाँ प्रतिनिधिहरू पहिलेका भन्दा धेरै समझदार देखिएका छन्। ट्रम्पले इरानसँग प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट वार्ता भइरहेको र इरानी पक्षले धेरै कुराहरूमा सहमति जनाइसकेको जानकारी दिए।

    ट्रम्पले अमेरिकासँगको वार्तामा इरानले सम्मान स्वरूप स्ट्रेट अफ होर्मुजबाट २० वटा तेल ट्याङ्करहरू जान दिने सहमति जनाएको खुलासा समेत गरे। उनले अमेरिकाले अघि सारेको १५ बुँदे योजनाका अधिकांश बुँदामा इरान सहमत भइसकेको र यो वार्ताको ठुलो सफलता भएको बताए।

    इरानको वर्तमान अवस्थालाई लिएर ट्रम्पले अब त्यहाँ पहिलेको जस्तो शासन नरहेको र अमेरिकाले आफ्नो उद्देश्य प्राप्त गरिरहेको स्पष्ट पारे।

     

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १०:३४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij