Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति बैठक’

पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति बैठक’


  • 890
    Shares

    • images
    पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति बैठक’

    काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा। शेखर कोइराला समूहले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 

    मंगलबार महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान भएको निवर्तमान केन्द्रीय कार्यसमितिकी सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् । 

    निवर्तमान कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई टेलिफोन गरेर बैठक आह्वान गरिएकोले सहभागी हुन भन्दै जानकारी दिइरहेका केन्द्रीय सदस्यहरूले बताएका छन् । 

    बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिटबारे छलफल हुने खतिवडाले बताइन् । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ । 

    गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा–डा. कोइराला समूहले समानान्तर गतिविधि सुरु गरेको हो । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले समानान्तर गतिविधि सुरु गरेका थिए । 

     

     

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १०:११:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij