Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ओली र लेखकको म्याद थपको बहस सकियो

ओली र लेखकको म्याद थपको बहस सकियो


  • 1.7K
    Shares

    ओली र लेखकको म्याद थपको बहस सकियो
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ । आज आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा म्याद थपबारेको बहस सकिएको हो ।

    उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो । त्यसपछि बहस सुरु भएको थियो । आज अदालतमा लेखक आफैँ उपस्थित भएका थिए भने ओली भने बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित भएका थिए ।

    केहीबेरमा म्याद थपको निवेदनमाथि इजलासले निर्णय सुनाउने अदालतले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १५:५८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij