२०८२ चैत्र १५ गते आइतवार
काठमाडौं । दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका-५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृतावस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको शव जिल्लाको मनहरी-७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठूलो खोल्सी क्षेत्रमा शनिबार साँझ फेला परेको हो ।
थिङको खोजतलास गर्ने क्रममा सडेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
लामो समयदेखि मानसिक समस्या भोग्दै आएका थिङ गत गत फागुन २९ गते घरबाट बेपत्ता भएको जनाउँदै परिवारजनले खोजतलाशका लागि प्रहरीमा निवेदन दिएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij