Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

सिटिजन्स बैंकद्वारा विद्यालयका छात्रालाई ट्र्याकसुटहरु वितरण

सिटिजन्स बैंकद्वारा विद्यालयका छात्रालाई ट्र्याकसुटहरु वितरण


  • 610
    Shares

    • images
    सिटिजन्स बैंकद्वारा विद्यालयका छात्रालाई ट्र्याकसुटहरु वितरण

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका ३ अवस्थित श्री छत्रपाल आधारभूत विद्यालयको २०५ बालबालिलाई ट्र्याकसुटहरु सहयोग प्रदान गरेकोे छ । 

    विद्यालयमा आयोजित एक समारोहका बीच यस बैंकका सर्केगाड शाखामार्फत सहयोग स्वरुप ट्र्याकसुटहरु हस्तान्तरण गरेका छन् । यस कार्यक्रम अन्तर्गत बैंकले विद्यालयका विद्यार्थीहरूलाई ट्र्याकसुट पोशाक वितरण गरेको छ, जसले विद्यार्थीहरूलाई खेलकुद, व्यायाम र दैनिक विद्यालय गतिविधिमा आरामदायी र न्यानो पोशाक उपलब्ध गराउनेछ ।

    आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।

    “विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । 

    फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन् नम्बर सेवा लिन सकिने छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख २ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

     

     

     

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १३:५२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij