Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

देउवा, ओली र प्रचण्डको सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु

देउवा, ओली र प्रचण्डको सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु


  • 316
    Shares

    • images
    देउवा, ओली र प्रचण्डको सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु

    काठमाडौं । तीन पूर्व प्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान गर्न थालिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्यसबारे अनुसन्धान अघि बढाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताएका छन् । 

    खड्कामाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरणले नै सीआईबीलाई पत्राचार गरेको थियो । प्रहरीले पूर्व प्रधानमन्त्रीहरूको चल, अचल सम्पत्ति र आम्दानीको स्रोत लगायतको विषयमा अनुसन्धान गर्नेछ ।

    भदौ २४ मा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको रकमको टुक्रा भेटिएको थियो । पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम भेटिएको थियो ।

     

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १३:१६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij