२०८२ चैत्र १५ गते आइतवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिएका छन् ।
बैठकले दलको नेता पनि चयन गर्न सक्ने उनले जानकारी दिएका हुन् । उनले भने, ‘संसदीय दलको बैठकले दलको नेता पनि चयन गर्न सक्छ । प्रचण्ड दलको नेता हुनेमा कुनै दुबिधा छैन’, ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष ८ र समानुपातिक ७ गते १७ सिट जितेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij