Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, तीन सीडीओको बैठक भोलि बस्ने

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, तीन सीडीओको बैठक भोलि बस्ने


  • 7.3K
    Shares

    • images
    काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, तीन सीडीओको बैठक भोलि बस्ने

    काठमाडौं । कोभिड–१९ भाइरस संक्रमणको दर नघटेको भन्दै उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ । 

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको बताए । उनले भने, ‘भोलि दिउँसो भर्चुअल माध्यमबाट यसविषयमा ललितपुर र भक्तपुरका सीडीओ सा’बसहितको बैठक बस्दैछौं ।’

    बैठकअघि गृह मन्त्रालयमा पनि निषेधाज्ञा कति समय थप्नेबारे छलफल हुनेछ । यद्यपि, हालसम्म एक साता निषेधाज्ञा थप्ने विषयमा गृहमन्त्रलाय र तीन प्रमुख जिल्ला अधिकारीहरुको मत छ । 

    नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर उनले कोभिड–१९ अध्यादेशअनुसार निषेधाज्ञाको कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

    अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।

    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘आज नागरिकलाई जानकारीका लागि सूचना पनि जारी गरेका छौं, अब निषेधाज्ञा थप कडा हुनेछ ।’

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - १९:३५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij