Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा खेम तिरूवा निर्वाचित

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा खेम तिरूवा निर्वाचित


  • 554
    Shares

    • images
    नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा खेम तिरूवा निर्वाचित

    काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्षमा खेम तिरूवा चयन भएका छन् । शनिबार काठमाडौंमा भएको संस्थाको पाँचौँ अधिवेशनले उनलाई निर्विरोध चयन गरेको हो ।

    यस्तै वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र राई, उपाध्यक्षमा वीरबहादुर विक र महासचिवमा हेम राई निर्वाचित भएका छन् । सचिवमा रञ्जित लकान्द्री, कोषाध्यक्षमा कबीरमान सुनुवार, सह(कोषाध्यक्षमा कमल बराइली चयन भएका छन् । 

    सदस्यहरूमा रमिता सुनार, रमेश विश्वकर्मा, राजकुमार सुनुवार, विश्वास शंकर, हर्कबहादुर शंकर, रञ्जित शंकर, स्मृति गदाल र रमेश विश्वकर्मा (ख) चयन भएका छन् । अधिवेशनले १५ सदस्यीय कार्यसमितिलाई नै निर्विरोध निर्वाचित गरेको हो ।

    करिब १० वर्षअघि काठमाडौं उपत्यकामा सुनचाँदी व्यवसाय गरिरहेका युवाहरूको पहलमा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च स्थापना भएको थियो । सुनचाँदी व्यवसायीका हकहितका विषयमा काम गर्दै आएको यो संस्था प्रदेश र जिल्लास्तरमा समेत फैलिने क्रममा छ । 

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १०:३३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij