Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन


  • 687
    Shares

    • images
    ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    काठमाडौं । अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भइरहेका छन्। किङ्ग्सनो किङ्ग्सकिङ्ग्स अर्थात् किङ्ग्सकुनै राजाहरू छैनन्किङ्ग्स नाम दिइएको यो राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो । यसअघि पनि लाखौं मानिसहरूले सडकमा उत्रिएर असन्तुष्टि जनाएका थिए।

    शनिबार अमेरिकाभर ३,००० भन्दा बढी स्थानमा साना-ठूला र्‍यालीहरू आयोजना गरिएका छन्। प्रदर्शनकारीहरूको मुख्य निशानामा ट्रम्प प्रशासनले अघि सारेका नीतिहरू रहेका छन्, जसमा विशेषगरी इरानसँगको युद्ध, कडा संघीय अध्यागमन नीति र देशमा चुलिँदै गएको महँगी प्रमुख छन्।

    आयोजकहरूका अनुसार, यो लोकतन्त्रको रक्षा र निरंकुशताको विरोधमा गरिएको शान्तिपूर्ण नागरिक विद्रोह हो। किङ्ग्सट्रम्प हामीमाथि एक निरंकुश शासकको रूपमा शासन गर्न चाहन्छन्। तर यो अमेरिका हो र यहाँको शक्ति जनताको हातमा छ । कुनै राजा बन्न खोज्ने व्यक्ति वा तिनका अर्बपति आसेपासेहरूको हातमा होइन,किङ्ग्स आयोजकहरूले एक विज्ञप्तिमा भनेका छन्।

    यता, ह्वाइट हाउसले भने यी प्रदर्शनहरूलाई खारेज गर्दै उडाएको छ। ह्वाइट हाउसका एक प्रवक्ताले यी र्‍यालीहरूलाई किङ्ग्सट्रम्प डिरेन्जमेन्ट थेरापी सेसन्सकिङ्ग्स अर्थात् ट्रम्पप्रतिको अन्धविरोधबाट मुक्त हुने थेरापीको संज्ञा दिएका छन् । किङ्ग्सयसको वास्ता गर्ने मानिसहरू भनेका केवल ती पत्रकारहरू हुन् जसलाई यसको समाचार लेख्न पैसा दिइएको छ,किङ्ग्स उनले भने ।

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १०:१३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij