Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली अस्पताल भर्ना

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली अस्पताल भर्ना


  • 267
    Shares

    • images
    पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली अस्पताल भर्ना

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

    आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीलाई प्रहरी परिसर भद्रकालीमा राखेर केहीबेरअघि स्वास्थ्य परिक्षणका लागि अस्पताल लगिएको हो ।

    बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

    आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - १०:५०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij