Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार सरे बालेन

पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार सरे बालेन


  • 939
    Shares

    पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार सरे बालेन
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्। 

    शुक्रबार साँझ प्रधानमन्त्री शाह सरकारी निवास बालुवाटार सरेका हुन्। उनले पूजापाठ गरेर बालुवाटार सरेको कर्मचारीहरूले बताएका छन्। 

    निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आजै सरकारी निवास छोडेकी थिइन्। उनी धापासीस्थित निजी निवास सरेकी थिइन्। 

    शुक्रबार मध्याह्न राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी भएर निवर्तमान प्रधानमन्त्री कार्कीले सरकारी निवास छोडेकी थिइन्। 

    त्यस्तै, आजै मध्याह्न राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहले पद तथा गोपनियताको शपथ लिएका थिए।

    शपथमा पनि सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति-शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले मङ्गल पाठ गरेका थिए। 

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १८:४१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij