२०८२ चैत्र २ गते सोमवार
नेपाल निजामती कर्मचारी युनियन(सङ्घ)ले सबै कर्मचारीको तलब ५० प्रतिशत वृद्धिको माग आज आइतबार विभिन्न २८ बुँदे ज्ञापन पत्र राख्दै अर्थमन्त्री विष्णु पौडेललाई २८ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
निजामती कर्मचारीहरूका लागि सञ्चय कोषद्वारा प्रदान गरिने आवास कर्जाको ब्याज सहुलियत दरमा विशेष छुटको व्यवस्थासमेत माग गरेको युनियनले पोसाक भत्ता, प्रोत्साहन भत्ता, कोरोनाले मृत्यु भएका कर्मचारीका परिवारलाई तीस लाख उपलब्ध गराउन पनि माग गरिएको छ ।
ज्ञापनपत्रमा निजामती कर्मचारीहरुका लागि संचय कोषद्वारा प्रदान गरिने आवास कर्जाको ब्याज सहुलियत दरमा विशेष छुटको व्यवस्थ गर्न माग गरिएको छ । युनियनले बढ्दो महँगीलाई मध्यनजर गर्दै कर्मचारीको तलब ५० प्रतिशत वृद्धि गर्न माग गरेको उपमहासचिव दुर्गाप्रसाद फुयालले जानकारी दिए ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij