२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । कोरोना संक्रमण भएका एक प्रहरी नायव उपरीक्षक (डिएसपी)को मृत्यु भएको छ।
डिएसपी समिरचन्द्र खरेलको उपचारको क्रममा प्रहरी अस्पताल महाजगञ्जमा मृत्यु भएको हो। सोमबार उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ। उनी प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यारत् रहेका थिए।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दुई सातादेखि प्रहरी अस्पताल भर्ना गरिएको थियो। यसअघि कोरोना संक्रमणको कारण नै महानगरीय प्रहरी परिसर काठमाडौंकमा कार्यरत् डिएसपी राजकुमार केसीको मृत्यु भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij