२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । रास्वपाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ । अर्थ मन्त्रीमा डा। स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जनाएको हो ।
यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ । सभामुखमा डीपी अर्यालको नाम टुंगो लागेको छ ।
रास्वपाका एक शीर्ष नेताले भने, ‘स्वर्णिम, शिशिर र सोविताको मन्त्रालय पनि फाइनल भइसकेको छ । अरुको पनि लगभग टुंगिसकेको छ ।’
सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी, सीता बादी लगायत पनि छन् ।
मन्त्री बन्नेहरुलाई सभापति रवि लामिछाने, बालेन र उनको सचिवालयका सदस्यले फोन गरेर र एसएमएस पठाएर जानकारी दिइसकेको स्रोतले बतायो ।
आज दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । उनीपछि मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij