Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

११ हजार घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा

११ हजार घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा


  • 1.3K
    Shares

    ११ हजार घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, हेटौँडाका अधिकृत (छैटौँ) अमृत भेटुवाल र लेखापढी व्यवसायी (बिचौलिया) खगेन्द्र पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    सवारी साधनको सरुवा सहमति बनाइदिने भन्दै सेवाग्राहीसँग ११ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा उनीहरूविरुद्ध आज काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

    यसअघि अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले बिचौलिया पौडेलले सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको थियो।

    अनुसन्धानका क्रममा अधिकृत भेटुवाल र बिचौलिया पौडेलको आपसी मिलेमतो र पूर्वयोजनामै घुस लेनदेन भएको पुष्टि भएको अख्तियारले जनाएको छ। ११ हजार ५ सय रुपैयाँ नै बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

     

     

     

    images
    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १६:२७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij