२०८२ चैत्र १२ गते बिहिवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले देश र जनताको मुद्दालाई अघि बढाउन आफ्नो पार्टीको सहयोग हुने बताएका छन् ।
बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले मुलुकमा भ्रष्टाचार अन्त्यका साथै सुशासन कायम गर्नेसहित देश र जनताको मुद्दालाई अघि बढाउन आफ्नो पार्टीको सहयोग हुने बताएका हुन् ।
उनले अबको संसद् पहिलेको संसद् जस्तो नहुने आफ्नो विश्वास रहेको बताएका छन् । उनले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij