Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

दुई फर्मलाई जरिवाना, १७ लाई सुधारात्मक निर्देशन

दुई फर्मलाई जरिवाना, १७ लाई सुधारात्मक निर्देशन


  • 554
    Shares

    • images
    दुई फर्मलाई जरिवाना, १७ लाई सुधारात्मक निर्देशन

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । 

    विभागले बुधबार एक विज्ञप्ति जारी गरी पिलग्रिम्स ग्रोसरी प्रालि स्वयम्भूलाई दुई लाख एक हजार बराबरको जरिवाना र आरएस किराना तथा ग्यास पसल ललितपुर भैँसेपाटीलाई १० हजार जरिवाना गरेको जनाएको छ । यस्तै, थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको जनाएको हो ।  

    उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ । विभागले नियमित रूपमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको सहभागितामा नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।

     

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १०:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij