Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य केसीले गरे संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन

प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य केसीले गरे संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन


  • 575
    Shares

    • images
    प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य केसीले गरे संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन

    काठमाडौं । प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गरेका छन् । बुधवार दिँउसो केसीले सिंहदरबारस्थित संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गरेका हुन् । 

    अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद लोकतन्त्रको मूल आधार भएको बताएका छन् । उनले संसदबाट आउने विभिन्न विचारहरुको संयोजन गरेर साँझा निष्कर्ष निकाल्नुपर्ने भन्दै आफू सक्रिय रुपमा भूमिका खेल्ने बताएका छन् ।
     
    उनले भने, ‘लोकतन्त्रको मूल आधार थलो रुपमा रहेको संसदमा भिन्न विचारहरु आउँछन् । त्यसलाई संयोजन गरेर सहमतिपूर्ण ढंगले निष्कर्ष निकाल्नुपर्ने हुन्छ । त्यसकारण म जति समय रहन्छु संसद सञ्चालन गर्न समय पाउँछु कि पाउँदिन त्यो त थाहा छैन । तद्अनुसार संसदको रक्षकको रुपमा र जनप्रतिनिधिहरुको विषेशाधिकारको रक्षा गर्नेगरी भुमिका खेल्छु ।’

    यसअघि बुधवार नै उनले ज्येष्ठ सदस्यको रुपमा पद तथा गोपनियताको शपथ लिएका छन् ।

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १७:२९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij