Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

देउवाको बयान– मेरो घरमा भेटिएको रकम भन्दै सञ्जालमा आएका भिडियो एआई हुनुपर्छ

देउवाको बयान– मेरो घरमा भेटिएको रकम भन्दै सञ्जालमा आएका भिडियो एआई हुनुपर्छ


  • 841
    Shares

    • images
    देउवाको बयान– मेरो घरमा भेटिएको रकम भन्दै सञ्जालमा आएका भिडियो एआई हुनुपर्छ

    काठमाडौं । शेरबहादुर देउवाले २०८२ भदौ २४ गते आफ्नो निजी निवासमा भएको तोडफोड, आगजनी र लुटपाटलाई एउटा ठुलो षड्यन्त्रको संज्ञा दिएका छन्। 

    जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिँदै उनले उक्त घटनामा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही हुनुपर्ने माग गरेका हुन्। 

    जनआस्था साप्ताहिकको सौजन्यमा प्राप्त प्रतिवेदनमा देउवाले आफ्नो निवासमा भएको घटना र सामाजिक सञ्जालमा फैलिएका विवरणहरूबारे स्पष्टीकरण दिँदै ती सबै भ्रामक र एआई जेनेरेटेड हुन सक्ने दाबी गरेका छन्। 

    आफ्नो निवासमा फेला परेको भनिएको रकमबारे स्पष्ट पार्दै देउवाले मुचुल्कामा उल्लेख भए अनुसार त्यो ठूलो परिमाणको नभएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा आएका आफ्नो घरसँग सम्बन्धित कतिपय विवरणहरू षड्यन्त्रपूर्वक बनाइएको र ती आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी तयार पारिएको उनको तर्क छ।

    लोकतन्त्रमा ट्रेड युनियन र विद्यार्थी संगठनहरूले आफ्नो हकहितका लागि काम गर्न पाउनुपर्ने भए पनि गैर(राजनीतिक संस्थाहरूमा राजनीतीकरण गर्न नहुने उनले सुझाएका छन्। उनले देशका युवाहरूको भावना समेटेर नीतिगत र कानुनी सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १६:५९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij