Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

बब्लु अलि अन्सारीलाई १ लाख धरौटीमा छाड्ने आदेश

बब्लु अलि अन्सारीलाई १ लाख धरौटीमा छाड्ने आदेश


  • 589
    Shares

    • images
    बब्लु अलि अन्सारीलाई १ लाख धरौटीमा छाड्ने आदेश

    काठमाडौं । सवारी साधनको नक्कली लिखत तयार गरी सरकारी अभिलेख सच्याएको र भ्रष्टाचार गरेको आरोप लागेका बब्लु अलि अन्सारीलाई विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

    विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले अन्सारीलाई १ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिई तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

    अदालतमा बयान दिने क्रममा प्रतिवादी अन्सारीले आफूले कुनै पनि गलत कार्य नगरेको र कसैको मिलेमतोमा नरहेको भन्दै आरोपको इन्कार गरेका थिए । 

    उनले यातायात व्यवस्था कार्यालय नेपालगन्ज र एकान्तकुनाका सवारी दर्ता सम्बन्धी कागजात, सवारी धनीको विवरण, इन्जिन र चेसिस नम्बर, भन्सारका प्रज्ञापनपत्र लगायतका सरकारी अभिलेखहरूमा अनधिकृत रूपमा फेरबदल, केरमेट र थपघट गरी नक्कली लिखत तयार पारेको दाबी गरिएको थियो ।

     

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १६:२०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij