Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

छिमेकीको कुटाइबाट महिला गम्भीर घाइते

छिमेकीको कुटाइबाट महिला गम्भीर घाइते


  • 4.9K
    Shares

    • images
    छिमेकीको कुटाइबाट महिला गम्भीर घाइते
    images

    भोजपुर । भोजपुरमा ८४ वर्षीया महिला छिमेकीको कुटाइबाट गम्भीर घाइते भएकी छन् । सामान्य रिसइबीमा उनको कटेरोसमेत भत्काइएको छ । भोजपुर नगरपालिका–१२ टक्सार दाडेगौंडाकी लक्ष्मीमाया तामाङमाथि बिहीबार साँझ छिमेकी ४४ वर्षीया मीना तामाङले कुटपिट गरेकी हुन् । उनको अहिले जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

    छिमेकीको कुटपिटबाट घाइते भई जिल्ला अस्पताल भोजपुरमा उपचाररत ८४ वर्षीया लक्ष्मीमाया तामाङ । चिकित्सकले तामाङको घाँटीको हड्डी तीन ठाउँमा भाँचिएको बताएका छन् । घाँटीको उपचार गर्न तत्काल सुविधायुक्त अस्पताल लैजान अस्पतालले सुझाव दिएको छोरा रविनले बताए ।

    जेठ ६ गते बिहान घरमा एक्लै बसिरहेकी महिलालाई छिमेकी नरबहादुर तामाङको नेतृत्वमा आएको समूहले कुटपिट गर्न खोजेपछि घरबाट भागेर ज्यान जोगाएकी थिइन् । उनी भागेपछि उक्त समूहले एकल उनको गाईबस्तु बाँध्ने टहरा भत्काइदिएको थियो । सोही समूहको उक्साहटमा विहीबार साँझ देउरानी पर्ने मीनाले कुटपिट गरेको तामाङको भनाइ छ ।

    घरमा एक्लै बस्दै आएकी ती महिलाले कुटपिटमा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले बताए । बाजेबराजुको पालादेखि भोगचलन गर्दै आएको जमिनमा निर्मित टहरा भत्काइदिने दस जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गराएको छोरा रविनले बताए ।

    महिलालाई लखेटेको देखेपछि त्यसो नगर्न अनुरोध गर्दा पनि उक्त समूहले नमानेर टहरा भत्काइदिएको अर्का छिमेकी प्रत्यक्षदर्शी अमृत तामाङले बताए । प्रहरीले गम्भीर घाइते महिलाको उपचारमा लाग्ने सम्पूर्ण खर्च कुटपिटमा संलग्नले बेहोर्ने गरी निर्देशन दिएको र ३५ दिनभित्र मृत्यु भए कर्तव्य ज्यानसम्बन्धी कारबाही हुने जानकारी गराएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । तामाङले भत्काइएको टहरा जस्ताको तस्तै निर्माण गरिदिनुपर्ने र उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् ।

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - १४:०८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij