Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

सुकुम्वासी बस्तीहरुमा डोजर चलाउन बन्द गर्न माग

सुकुम्वासी बस्तीहरुमा डोजर चलाउन बन्द गर्न माग


  • 645
    Shares

    • images
    सुकुम्वासी बस्तीहरुमा डोजर चलाउन बन्द गर्न माग

    काठमाडौं । अखिल नेपाल सुकुम्वासी संघले सुकुम्वासी वस्तीहरुमा डोजर लगाएर आतंक सिर्जना गर्न बन्द गर्न माग गरेको छ । संघले बुधवार पत्रकार सम्मेलन गरी सुकुम्वासी बस्तीहरुमा डोजर लगाउन तत्काल बन्द गर्न माग गरेको हो । 

    सरकारले कानूनी रुपमा भूमीहीन, अव्यवस्थित, सुकम्वासी समस्या समाधान गर्नुपर्नेमा उल्टो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीहरुमा डोजर लगाएर आतंक सिर्जना गरेको संघको आरोप छ । 

    अखिल नेपाल सुकुम्वासी संघका इन्चार्ज नरेन्द्र खड्काले काठमाडौंको टोखा नगरपालिका वडा ७ मा रहेको धापासीको सुकम्वासी बस्तीमा रहेको १८ घरमा चैत ९ गते डोजर चलाइएको बताए। त्यसअघि काठमाडौंको सिफलमा र भक्तपुरमा रहेको सुकुम्वासी बस्तीमा पनि डोजर चलाइएको उनको भनाई छ ।

    उनले वर्तमान सरकारलाई निर्वाचन बाहेक अरु काम गर्ने कुनै अधिकार नभएको उल्लेख गर्दै सुकुम्वासी बस्तीमा डोजर चलाउने आवश्यकता किन प¥यो ? भन्दै प्रश्न गरेका छन् । उनले सुकम्वासी बस्तीमा डोजर चलाएको विषयमा सरकार बनाउन लागेको दल मौन बसकोमा पनि आपत्ती जनाएका छन्  । 

    संघले क्रान्तिकारी भूमिसुधार लागू गर्न, भूमीहीन नागरिकलाई आवास उपलब्ध गराउन, डोजर आतंक तत्काल बन्द गर्न, भूमी समस्या समाधानको लागि कानून संशोधन गर्न, लालपूर्जा वितरण कार्यलाई तिब्रता दिन माग गरेको छ ।  

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १५:१२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij