२०८२ चैत्र ११ गते बुधवार
काठमाडौं । गुल्मीमा टिप्परको ठक्करबाट एक जना वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका-१३ भंगेरीस्थित तम्घास-रिडी पक्की सडक खण्डमा तम्घासतर्फबाट चारपाला जाँदै गरेको लु १ क ४५४७ नम्बरको सुजता कन्स्ट्रक्सनको टिप्परले पैदल हिंडिरहेकी ९२ वर्षीया धनि बुढाथोकीलाई ठक्कर दिएको थियोे । दुर्घटनामा बुढाथोकीको बायाँ खुट्टा र हातमा गम्भीर चोट लागेको थियो ।
उनलाई थप उपचारको लागि पाल्पा मिसन अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।
चालक र टिप्पर प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij