Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

बौद्धबाट गोली र लागु औषधसहित २ युवक पक्राउ

बौद्धबाट गोली र लागु औषधसहित २ युवक पक्राउ


  • 274
    Shares

    • images
    बौद्धबाट गोली र लागु औषधसहित २ युवक पक्राउ

    काठमाडौं । गोली र लागु औषधसहित काठमाडौंको बौद्धबाट दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भएका २४ वर्षीय सुनिल शान्थल र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१ का २९ वर्षीय सुदीप बन्जारा रहेका छन् ।

    उनीहरूलाई प्रहरी बौद्धको टोलीले पक्राउ गरेको हो । सान्थललाई २.२९ ग्राम लागु औषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको थियो । उनले उक्त खैरो हेरोइन बन्जाराबाट खरिद गरेको बताएपछि प्रहरीले बन्जारालाई प्रहरीले पक्राउ गरेको थियो ।

    उनको कोठा खानतलासी गर्दा १०.५१ ग्राम खैरो हेरोइन, डिजिटल तराजु र १ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

     

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १३:४१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij