Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा


  • 211
    Shares

    • images
    इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

    काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

    आज बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार क्याफेको भान्साबाट आगलागी सुरु भएको हो । आगो लाग्नासाथ सुरक्षाकर्मी र स्थानीय निभाउन खटिएका थिए ।

    “आगलागीको कारण र यसबाट भएको क्षतिको विवरण यकिन भएको छैन”, उनले भने । आगो निभाउन धरान, रामधुनी, इनरुवा, मोरङको विराटनगर र सुन्दरहरैंचाबाट बारुणयन्त्र (दमकल) मगाइएको थियो । बिहानको समयमा क्याफे बन्द रहेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक हमालले बताए ।

     

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १३:३५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij