२०८२ चैत्र ११ गते बुधवार
काठमाडौं । रोजगारीका लागि भारतको हैदरावाद पुगेका खोटाङका एक युवाले गाडीको ठक्करबाट ज्यान गुमाएका छन् । होटलमा काम गर्नका लागि साथीहरूसँगै हैदरावाद पुगेका खोटेहाङ गाउँपालिका-७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको मृत्यु भएको हो ।
पैसा कमाउने सपना बोकेर हैदरावाद पुगेको हप्ता दिन नबित्दै परियारले ज्यान गुमाएको स्थानीय अगुवा अमरसिं बस्नेतले बताए ।
उनलाई सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो । गान्धी अस्पताल, सेकन्दरावादमा उपचारका क्रममा चैत ११ गते बिहान तिलकको मृत्यु भएको हैदरावादमा रहेका आफन्तले जानकारी दिए ।
हाल अस्पतालमा रहेको तिलकको शवलाई बुझेर दाहसंस्कार गर्न कठिन भइरहेको आफन्तले बताएका छन् । पोष्टमार्टम गर्न र प्रहरीमार्फत कागजात तयार पार्न ६० हजार भारु लाग्ने भनिएकाले पैसा पठाइदिन आग्रह आइरहेको बस्नेतले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij