Logo

२०८३ बैशाख २६ गते शनिवार

२०८३ बैशाख २६ गते शनिवार

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी


  • 1.1K
    Shares

    इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी

    काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको पूर्वाञ्चल क्याफेमा बुधबार बिहान भीषण आगलागी भएको छ। टहरीको क्याफेको आइसक्रिम पार्लरमा आगलागी सुरु भएको हो ।

    अत्यधिक भिडभाड हुने क्षेत्रमा रहेको क्याफेमा सल्किएको आगो निभाउनका लागि अहिले धरान, इनरुवा, इटहरी लगायत विभिन्न स्थानबाट पुगेका ५ वटा दमकलले आगो निभाइरहेका छन्।  

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, आगलागी नियन्त्रण गर्ने प्रयास अहिले पनि जारी छ। क्याफेभित्र कोही व्यक्ति अड्किएका छन् वा छैनन् यकिन भएको छैन। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। 

    इटहरी उपमहानगरपालिकाको दमकल जेन्जी आन्दोलनको क्रममा आगजनी भएपछि दमकल आउन समय लाग्दा आगो फैलिएको स्थानीयले बताएका छन्। आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना सक्रिय छन्। 

     

    images
    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १२:१७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij