Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

युवती अपहरण गरी बलात्कार र लुटपाट आरोपमा सिटी सफारी चालक पक्राउ

युवती अपहरण गरी बलात्कार र लुटपाट आरोपमा सिटी सफारी चालक पक्राउ


  • 519
    Shares

    • images
    युवती अपहरण गरी बलात्कार र लुटपाट आरोपमा सिटी सफारी चालक पक्राउ

    काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा किशोरीलाई अपहरण गरी बलात्कार र लुटपाटको आरोपमा सिटी सफारी चालक पक्राउ परेका छन् ।

    ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार चैत ६ गते बेलुका धरान उपमहानगरपालिका-५ घर भई हाल मोरङको सुन्दर हरैचा नगरपालिका-७ गोठगाउँस्थित मावली घर बस्दै आएकी १९ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार र  लुटपाट गर्ने  सफारी चालक पक्राउ परेका हुन् ।

    किशोरी मावलाबाट धरान घरमा आफ्नो पुरानो कपडा लिन आएकी थिइन् । कपडा लिन घर फर्किने क्रममा भोटेपुलमा बसको प्रतीक्षामा बसिरहेको बेला एक अपरिचित व्यक्तिले सिटी सफारीमा चढ्न आग्रह गर्दै उनलाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी राईले बताए । 

    सफारी चालक सुनसरीको रामधुनी नगरपालिका-२ परिसापुर बस्ने २६ वर्षीय रोशन विश्वकर्मा रहेको पहिचान भएपछि उनलाई मंगलबार आफ्नै घरबाट पक्राउ गरिएको छ ।

    सफारी चालकले उनलाई एकान्त स्थानमा लगी कुटपिट गरी बेहोस बनाएको र मोबाइल समेत लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

    घटनापछि प्रहरी नायव उपरीक्षक भीषणबाबु राईको कमाण्डमा खटिएको टोलीले घटनास्थल आसपासका सीसीटीभी फुटेजको सूक्ष्म अध्ययन गर्दा प्रयोग भएको सिटी सफारीको नम्बर खुल्न आएको थियो ।

    पीडितले आरोपितलाई सनाखत गर्दै दिएको किटानी जाहेरीका आधारमा उनले साकेला पार्क नजिकको एकान्त जंगलमा लगी हात बाँधेर कुटपिट गर्नुका साथै जबरजस्ती करणी गरी मोबाइल समेत लुटेको उल्लेख गरिएको छ ।
     

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १२:०२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij