Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

अमेरिकी विशेष दूत र रवि लामिछानेबीच टेलिफोन वार्ता, सहकार्यका लागि चासो

अमेरिकी विशेष दूत र रवि लामिछानेबीच टेलिफोन वार्ता, सहकार्यका लागि चासो


  • 666
    Shares

    • images
    अमेरिकी विशेष दूत र रवि लामिछानेबीच टेलिफोन वार्ता,  सहकार्यका लागि चासो

    काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेबिच टेलिफोन वार्ता भएको छ ।

    गोरले  टेलिफोन वार्ताका क्रममा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि लामिछानेलाई बधाई दिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । 

    दूतावासका अनुसार विशेष दूत गोरले चैत १० गते सभापति लामिछानेसँग संवाद गर्दै रास्वपाले चुनावी परिणाममार्फत हासिल गरेको जितप्रति शुभकामना व्यक्त गरेका हुन् । 

    टेलिफोन वार्ताका क्रममा विशेष दूत गोरले नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्ध र भावी सहकार्यका विषयमा समेत चर्चा गरेको दूतावासले जनाएको छ। 

    नेपाल र अमेरिकाबीच दशकौँदेखि कायम रहेको मित्रतालाई अझ गहिरो र मजबुत बनाउन अमेरिका सकारात्मक रहेको सन्देश पनि विशेष दूतले दिएका छन् ।
     

     

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - ११:३९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij