Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

हेलम्बुमा अब गाँउपालिकाबाटै करसम्बन्धी सेवा

हेलम्बुमा अब गाँउपालिकाबाटै करसम्बन्धी सेवा


  • 1.1K
    Shares

    • images
    हेलम्बुमा अब गाँउपालिकाबाटै करसम्बन्धी सेवा

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका र आन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोकबीच सेवा प्रवाह विकेन्द्रीकरण गर्दै स्थानीय तहबाटै कर सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार समझदारी–पत्र (एमओयू)मा हस्ताक्षर गरिएको छ।

    हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्माका अनुसार समझदारीसँगै अब स्थायी लेखा नम्बर (प्यान) दर्ता, कर चुक्ता, करसम्बन्धी सिफारिसलगायतका सेवा हेलम्बु गाउँपालिकाबाटै उपलब्ध हुने भएका छन्। यसले स्थानीय नागरिक तथा व्यवसायीलाई सेवा लिन टाढा धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको उनले बताए ।

    सोमबार समझदारी–पत्र हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्मा, प्रमुख कर अधिकृत अनमोलकुमार दाहाल, प्रमुख प्रशासकीय अधिकृत बेनीबहादुर मोक्तान, वडा नं १ का वडाध्यक्ष दावा ग्याल्जेन लामा लगायत जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाको उपस्थिति थियो। 'संघीयताको मर्मअनुसार सेवा नागरिकको नजिक पुर्‍याउने लक्ष्यसहित समझदारी गरिएको छ, अब करसम्बन्धी सेवा लिन धुलिखेल जानुपर्ने बाध्यता अन्त्य हुनेछ' उनले भने । 

    प्रमुख कर अधिकृत दाहालले सेवा सरलीकरण नीतिअनुसार स्थानीय तहबाटै राजस्व सेवा उपलब्ध गराउने कार्य अघि बढाइएको जनाउँदै यस सहकार्यले कर प्रणालीलाई थप पहुँचयोग्य बनाउने धारणा राखे। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत मोक्तानले सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउँदै नागरिकलाई छिटो सेवा दिने प्रतिबद्धता व्यक्त गरे।

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - ०८:१५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij